पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने

0
Shares

सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङ्डुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ ।

सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।

‘गत बुधबारदेखि आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्णरूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

विभागले वैकल्पिक मार्गका रूपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।