मातृभूमि लघुवित्तको कामू सीईओमा आचार्य

0
Shares

मातृभूमि लघुवित्त वित्तीय संस्थाको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ०)मा अशोक कुमार आचार्य चयन भएका छन् ।

कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत आचार्यलाई उक्त जिम्मेवारी दिएको हो ।

यसैगरी, सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको थप जिम्वेवारी दिने निर्णय गरेको छ । गत बिहीबारदेखि मातृभूमि लघुवित्तले एकीकृत वित्तीय कारोबार सुरु गरेको थियो ।

दुई लघुवित्तको एकीकृत वित्तीय कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका थिए । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएर मातृभूमि लघुवित्त वित्तीय संस्था बनेको हो । कम्पनीको अध्यक्षमा लोकराज शर्मा छन् ।

मर्जरपछि एकीकृत कम्पनीकोे चुक्ता पुँजी ७४ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।