विजय लघुवित्तको साधारण सभाबाट एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित

0
Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतवार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा सम्पन्न भएको हो ।

सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’बाट २ जना सञ्चालक नियुक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूह ‘क’बाट लोकबहादुर खड्का, कमलप्रसाद ज्ञवाली, कपिल न्यौपाने र खेमराज सापकोटालाई निर्वाचित गरेको छ । साथै, सर्वसाधारण समूह ‘ख’बाट संजिव ढकाल र उमेश घिमिरेलाई नयाँ सञ्चालकको रूपमा निर्वाचित गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ