अब सेयर बजारमात्र होइन देशका सबै बजारहरु बढ्छन्ः प्रधानमन्त्री ओली

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजार बढ्नु सरकारप्रतिको विश्वास र भरोसा भएको बताएका छन् । आज प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै आफ्नो सरकार बने लगतै शेयर बजार बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि सेयर बजार ४०० भन्दा धेरै अङ्कले बढेको बताए । उनले अब सेयर बजार मात्र नभई नेपालको हरेक बजार चलायमान हुने बताए । अहिलेको सरकारसँग त्यसको लागि काम गर्न पर्याप्त अनुभव भएको बताए ।

उनले भने, ‘‘अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा हरियाली छाएको छ। ५० लाख बढी शेयर लगानीकर्ता संग्लन भएको शेयर बजार पछिल्लो दुई सातामा चार सय अंकले बढेको छ। नेप्से २७ महिना यताकै उच्च भएको छ। हाम्रो सरकार प्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण यो हो। अब शेयर बजार मात्रै होइन। देशको पूरै बजार चलायमान हुनेछ। सिङ्गो देशलाई चलायमान बनाउने विश्वास हामीसँग छ।’’

उनले सिंगो देशलाई चलायमान बनाउने विश्वास वर्तमान सरकारसँग रहेको बताए।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।