मूल्य घट्दा डिजेल आयातमा बाहिरिने रकम घट्यो, ग्यास आयातमा ५८ अर्ब बाहिरियो

0
Shares

चालु आर्थिक वर्षमा डिजेल आयातमा बाहिरिने रकम घटेको छ ।

अघिल्लो आव २०७९/८० मा १ खर्ब ५३ अर्ब ७६ करोड ९९ लाख रुपैयाँको डिजेल आयात भएकोमा यस वर्ष १ खर्ब ४३ अर्ब ९७ करोड ६९ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

तर डिजेलको आयात परिमाण भने बढेको छ । डिजेलको मूल्य घट्दा परिमाण बढे पनि रकम भने घट्न पुगेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ मा १४ लाख ११ हजार ४ सय ४० किलोलिटर बराबर डिजेल आयात भएको छ । २०७९/८० मा १४ लाख ८ हजार ४ सय ९४ किलोलिटर डिजेल आयात भएको थियो ।

यस्तै चालु आवमा पेट्रोलको भने आयात रकम र परिमाण दुवै घटेको छ ।

चालु आर्थिक वर्षमा ६ लाख ८७ हजार ९ सय ३१ किलोलिटर पेट्रोल आयात भएको छ । यत आर्थिक वर्ष २०७९÷८० मा ६ लाख ८० हजार ८ सय ७ किलोलिटर पेट्रोल आयात गरिएको थियो ।

चालु आव २०८०/८१ मा ६८ अर्ब १० करोड २० लाख रुपैयाँको पेट्रोल आयात गरिएको छ । गत आवमा ६६ अर्ब ८४ करोड ४८ लाख रुपैयाँको पेट्रोल आयात गरिएको थियो ।

उता, २०८०/८१ मा भने ५२ करोड ४२ लाख ४ हजार ४९६ किलो एलपी ग्यास आयात हुँदा ५५ अर्ब ६१ करोड ८४ लाख रुपैयाँ विदेशिएको छ । गत आव २०७९/८० मा ५१ करोड ४३ लाख ४० हजार किलो खाना पकाउने ग्यासमा आयातमा ५८ अर्ब १५ करोड ४१ लाख रुपैयाँ विदेशिएको थियो ।

यस्तै, चालु आवमा नेपालले १ लाख ९७ हजार ८३० किलो लिटर हवाई इन्धनमा नेपालले २० अर्ब ७८ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्षमा नेपालले १२ लाख ५६ हजार ९४९ किलो लिटर हवाई इन्धनमा २० अर्ब ७ करोड ४३ लाख रुपैयाँ खर्च गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।