एनआईसी एशिया क्यापिटलले आर्थिक वर्ष २०८०/८१ मा के के गर्यो ? यस्ता छन् सेवाहरु


मर्चेण्ट बैंकिङ्ग व्यवसायमा बढ्दै गईरहेको तिब्र प्रतिस्प्रर्धा तथा धितोपत्रको दोश्रो बजारको कारोबारको सुस्तताका बिच एनआईसी एशिया क्यापिटलले व्यवसाय बिस्तार गरेको छ ।

समग्रमा देशको अर्थतन्त्र सुस्त भइरहेको समयमा समेत एन आई सी एशिया क्यापिटलले आथिक वर्ष २०८०/०८१ मा आफ्नो समग्र व्यवसायमा उत्साहजन बृद्धि गर्न सफल भएको जनाएको छ ।

२० करोड रुपैयाँ चुक्ता पुँजी रहेको क्यापिटलले गत आपर्थक वर्षमा १२ करोड १० लाखभन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी ६० रुपैयाँ ५० पैसा कायम गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा क्यापिटलको खुद नाफा तथा प्रतिसेयर आम्दानी १६.१२ प्रतिशतले बढेको हो ।

२०८१ को असार मसान्तसम्ममा क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनाहरु संचालन गरिरहेको छ । संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल “एन आई सी एशिया ग्रोथ फण्ड” ले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौथो वर्ष १३ प्रतिशत र पाँचौं वर्ष १०.५० प्रतिशत गरी हालसम्म ७५.५० प्रतिशत लाभांश वितरण गरेको छ ।

“एन आई सी एशिया ब्यालेन्सड् फण्ड” ले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोश्रो वर्ष ३० प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत र चौंथो वर्ष १० प्रतिशत गरी हालसम्म ६१ प्रतिशत नगद लाभांश वितरण गरेको क्यापिटलले जनाएको छ ।

पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोश्रो वर्ष ६ प्रतिशत र तेश्रो वर्ष १० प्रतिशत गरी हालसम्म २६ प्रतिशत नगद प्रतिफल वितरण गरेको छ ।

उक्त लाभांश वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार तल्लो बिन्दुमा हुँदा समेत २०८१ को असार मसान्तसम्ममा क्यापिटलबाट संचालित योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ४७ पैसा, “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य ११ रुपैयाँ पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ९ पैसा, तेश्रो बन्दमुखी योजना “एन आई सी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)” को खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ४६ पैसा, चौथो बन्दमुखी योजना “एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड” को ११ रुपैयाँ ३४ पैसा र पाँचौं बन्दमुखी योजना एन आई सी एशिया ग्रोथ फण्ड–२ को खुद सम्पत्ति मुल्य १० रुपैयाँ ७ पैसा रहेको क्यापिटलले जनाएको छ ।

नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत सिष्टमेटिक क्ष्ल्भेष्टमेण्ट प्लान तथा सिष्टमेटिक विथड्रल प्लान सञ्चालन गरिरहेको र ती योजनामा अनलाईन मार्फत सहजै रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत आईडिया टू आईपिओ सेवा पनि सञ्चालन गरिरहेको छ । जस अन्तर्गत २०८१ असार मसान्तसम्ममा २८ वटा कम्पनीहरुसँग दुई पक्षीय सम्झौता भई सेवा दिइरहेको क्यापिटलको भनाई छ ।

क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरि विशिष्टीकृत लगानी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको पनि जनाएको छ ।

लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे क्यापिटलले आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्ममा ७०४ जना ग्राहकहरुबाट २ अर्व ३४ करोड भन्दा बढी रकमको लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत समयानुकुल ग्राहकमुखी नविनतम् योजनाहरु संचालन गरिरहेको छ । उक्त सेवा अनलाईन मार्फत समेत लिन सकिने व्यवस्था मिलाइएको छ । लगानी व्यवस्थापन सेवा अन्तर्गतको रकम गर्त वर्षको तुलनामा १६.५७ प्रतिशतले बढेको क्यापिटलले जनाएको छ ।

क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझँ पु¥याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका सम्पूर्ण शाखा कार्यालयहरू तथा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्य अन्तर्गत प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ ।

क्यापिटलले २०८१ आषाढ मसान्तसम्म ७ लाख ३६ हजार भन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा पहिलो कम्पनी बनेको दाबी समेत गरेको छ । क्यापिटलले समग्र डिम्याट खाता संख्याको ११.७२ प्रतिशत हिस्सा ओगट्न सफल भएको जनाएको छ । हाल क्यापिटलले ९९९ रुपैयाँमा “एक नेपाली, एक डिम्याट खाता” अन्तरगत आजिवन नबीकरण गर्नुनपर्ने डिम्याट खाता खोल्ने सेवा उपलब्ध गराईरहेको छ । १ हजार रुपैयाँमा आजिवन मेरो सेयर सेवा उपलब्ध गराइएको क्यापिटलले जनाएको छ ।

“एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना” अन्तर्गत निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्ने, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने तथा “९९९ बैदेशिक रोजगार डिम्याट योजना” लगायतका योजनाहरु संचालन गरिरहेको क्यापिटलले जनाएको छ ।

हाल क्यापिटलले एन आई सी एशिया क्यापिटलले भिडियो केवाइसी मार्फत समेत घरमै बसी डिम्याट खाता खोल्न मिल्ने व्यवस्था मिलाउनुको साथै सिकेवाइसी सेवा समेत संचानलनमा ल्याएको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०८१ असार मसान्तसम्ममा २४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म २१ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरी सम्बन्धित कम्पनीहरुलाई १३ अर्व भन्दा बढी शेयर पूँजी संकलन गरिएको क्यापिटलले जनाएको छ ।

गत असार मसान्तसम्ममा ३८ वटा भन्दा बढी कम्पनीको व्यक्ति तथा संस्थाहरुको नाममा रहेको विभिन्न कम्पनीको संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्री गराएको क्यापिटलले ४ वटा कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृतिको पखाईमा रहेको जनाएको छ ।

साथै हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अजलाइनमा” भन्ने मुल नाराका साथ मोवाईलबाटै सहज र सर्वसुलभ रुपमा सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ मोबाइल एपबाट पनि सेवा प्रदान गरिरहेको क्यापिटलको भनाई छ । आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई मोबाइल एपमा इन्टिग्रेशन गरी डिजिटलाईज्ड रुपमा उपलब्ध गराउने रणनीति लिएको क्यापिटलको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।