सपोर्ट लघुवित्तको नाफा ७५.०३ % ले बढ्यो, इपीएस कति ?


सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७५.०३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.०३ प्रतिशत बढी हो।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ८१.९४ प्रतिशतले बढेर २ करोड ४७ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशतले बढेर १० करोड ८७ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १९४.३८ प्रतिशतले बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८५ पैसा बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ।

असार मसान्तसम्ममा लघुवित्तले १ अर्ब २६ करोड सापटी लिएको छ भने ३४ करोड निक्षेपबाट कुल १ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
लघुवित्तको चुक्ता पूँजी १० करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।