सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय

0
Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बुधबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार क्यापिटलको कार्यालयमा बिहान ८ बजे आईपीओ बाँडफाँडको हुनेछ ।

लघुवित्तीय संस्थाले साउन ४ गतेदेखि ८ गतेसम्म एक सय रुपैयाँ अंकित दरका कुल ४६ हजार ७२९ दशमलव ५४५० कित्ता एफपीओ बिक्री खुला गरेको थियो । एफपीओमा माग भन्दा ५१०.६६ गुणा आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम तथ्याङ्क अनुसार एफपीओमा १६ लाख ५९ हजार ७५ ओटा आवेदकबाट कुल २ अर्ब ३८ करोड ६३ लाख ४ हजार रुपैयाँ बराबरको २ करोड ३८ लाख ६३ हजार ४० कित्ता सेयर खरिद आवेदन परेको छ ।

उच्च माग परेको कारण एफपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जसमा भाग्यमानी ४ हजार ६६३ आवेदकले १० कित्ताका दरले र ९ जनाले थप १ कित्ता गरी ११ कित्ताका दरले एफपीओमा हात पार्नेछन् । कुल आवेदकको ०.२८ प्रतिशत अर्थात ३६० जना आवेदकमध्ये १ जनाले सेयर हात पार्नेछन् ।

साविकको सूर्योदय र वोमी लघुवित्तबीच मर्जर भई सूर्योदय वोमी संस्था वित्तीय संस्था बनेको हो । संस्थाको कुल चुक्ता पुँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ छ । लघुवित्तमा हाल कायम रहेको २९.६४ प्रतिशतको हिस्सा बढाएर ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ बिक्री गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।