विश्व बैंकसँग १३.३३ अर्ब ऋण लिन मन्त्रिपरिषद्को अनुमति, यस्ता छन ११ निर्णयहरु

0
Shares

मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ । साउन १० गते बसेका मन्त्रिपरिषदको बैठकका निर्णय सोमबार सार्बजनिक गरिएको हो ।

सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको पहिलो चरणका लागि विश्व बैंकबाट १३ अर्ब ३३ करोड रुपैयाँ बराबर ऋण लिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलनमार्फत विभिन्न १५ जिल्लाका २ लाख ७१ हजार ६४० गरिब परिवारको सूची मन्त्रिपरिषद्ले स्वीकृत गरेको जानकारी गराए।

उनका अनुसार नुवाकोट, सिन्धुपाल्चोक, ओखलढुङ्गा, दोलखा, धनुषा, बारा, पर्सा, सप्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रूपन्देही, गुल्मी, बैतडी र कञ्चनपुरका गरिब परिवारको अन्तिम सूची मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।