लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ को लाभांश घोषणा


लक्ष्मी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड-२ ले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

लक्ष्मी उन्नती कोषले कर सहित ७.५० प्रतिशत लाभांश घोषणा गरेको छ भने लक्ष्मी भ्यालु फन्ड-२ ले कर सहित ४.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको १४४ औं बैठकले यी २ वटा योजनाका इकाईधनीहरुलाई नगद लाभांश घोषणा गरेका हुन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।