बिलिङ प्रणाली स्तरोन्नतिका लागि टेलिकमको सेवा चार घण्टा प्रभावित हुन सक्ने


नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नतिका लागि चार घण्टा सेवा प्रभावित हुन सक्ने जनाएको छ ।

टेलिकमले बिहीबार सूचना जारी गर्दै नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि ३ बजेसम्म सेवा प्रभावित हुन सक्ने जनाएको हो ।

ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्यारी सेवा प्रभावित हुने जनाएको छ । उक्त समयमा मोबाइल भ्वाइस, डाटा तथा एसएमएस सेवा भने यथावत् हुने कम्पनीले जनाएको छ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने टेलिकमद्वारा जारी सूचनामा उल्लेख छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।