एनआईसी एशिया क्यापिटलले शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने


एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको गत बुधवार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।साथै सोही बैठकले कम्पनीकोआठौं वार्षिक साधारण सभा आगामी भदौ ११ गते मंगलबार गर्ने निर्णय गरेको छ । सभा एनआईसी एशिया क्यापिटलको कार्यालय थापाथली, काठमाडौमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको उक्त नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने छ ।

कम्पनीले छोटो समयमा नै सातौं वार्षिक साधारण सभासम्म आउँदा १८७.४७ प्रतिशत नगद लाभांश वितरण गरिसकेको र आठौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५२.५३ प्रतिशत नगद लाभांश सहित २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको बताएको छ ।

साथै कम्पनीले सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोगमार्फत ग्राहकहरु माझ पुर्‍याउन “अब लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्ममा अधिकांश सेवाहरु अनलाइनमार्फत लिन मिल्ने व्यवस्था मिलाइसकेको पनि बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।