एनआईसी एशिया क्यापिटलद्धारा सञ्चालित पाँच सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा

0
Shares

एनआईसी एशिया क्यापिटल लिमिटेड व्यवस्थापनमा सञ्चालित पाँच ओटा सामुहिक लगानी कोष योजनाको प्रतिफल (लाभांश) घोषणा भएको छ ।

साउन १६ गते बुधबार दिनको ४ बजे क्यापिटलको कार्यालय थापाथली, काठमाण्डाैंमा बसेको सञ्चालक समितिको १४३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित योजनाहरु योजनाहरुको प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

एनआईसी एशिया ग्रोथ फन्डले आ.व. २०८०/८१ को लागि ९.५० प्रतिशतका दरले ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ लाभांश घोषणा गरेको छ । फन्डले पहिलो वर्ष १० प्रतिशत, दोस्रो वर्ष १२ प्रतिशत, तेश्रो वर्ष ३० प्रतिशत, चौंथौ वर्ष १३ प्रतिशत, पाँचौं वर्ष १०.५० प्रतिशत तथा छैटौं वर्ष अर्थात ९.५० प्रतिशत गरी हालसम्म ८५ प्रतिशत प्रतिफल वितरण गरेको छ ।

यसैगरी एनआईसी एशिया ब्यालेन्स्ड फण्डले आ.व. २०८०/८१ को लागि घोषणा गरेको ९.२५ प्रतिशतका दरले ६ करोड ९८ लाख ३७ हजार ५०० रुपैयाँ लाभांश घोषणा गरेको छ । फन्ड सञ्चालनमा आएको पहिलो वर्ष ८ प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, दोस्रो वर्ष १३ प्रतिशत, चौंथो वर्ष १० प्रतिशत तथा पाँचौं वर्ष अर्थात हाल ९.२५ प्रतिशत सहित हालसम्म कुल ७०.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

पहिलो खुलामुखी योजना एनआईसी एशिया डाईनामिक डेप्ट फन्डले आ.व. २०८०/८१ को लागि घोषणा गरेको १० प्रतिशत लाभांश घोषणा गरेको छ । फन्ड सञ्चालनमा आएको पहिलो वर्षमा १० प्रतिशत, दोस्रो वर्ष ६ प्रतिशत, तेस्रो वर्ष १० प्रतिशत तथा चौंथो वर्ष अर्थात हाल १० प्रतिशत सहित हालसम्म कुल ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

यसैगरी एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड (बन्दमुखी) ले आ.व. २०८०/८१ को लागि १४ प्रतिशतका दरले १ करोड ७५ लाख रुपैयाँ नगद र एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड (बन्दमुखी) ले १०.५० प्रतिशतका दरले १ करोड ७ लाख १० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपालमा सञ्चालित सामूहिक लगानी कोष योजनाहरु मध्ये सुरक्षित अर्थात न्यून जोखिम र नियमित रुपमा प्रतिफल वितरण गर्न सक्ने पहिलो खुलामुखी योजना “एनआईसी एशिया डाईनामिक डेप्ट फन्ड” अन्तर्गत ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) तथा ‘सिस्टमेटिक विथड्रल प्लान (एसडब्लुपी) योजनाहरु समेत सञ्चालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।