आइसिएफसी फाइनान्सका ग्राहकलाई बुद्ध एयरमा आकर्षक छुट


काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।

आइ.सि.एफ.सि. र बुद्ध एयरबीच भएको सम्झौतामा आइ.सि.एफ.सि. का ग्राहकलाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिने भएको छ ।

सम्झौता अनुसार टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आइ.सि.एफ.सि. को डेबिट कार्ड वा आइ.सि.एफ.सि. को मोबाईल बैंकिङ एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट आइ.सि.एफ.सि. का ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुन सक्ने छन् ।