नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नयाँ सञ्चालक मन‍ोनयन


नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको आश्विन १९ गते सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले आ.व.२०८०/८१को वित्तिय विवरण पास गर्दै शेयर धनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ।

साथै सभाले कम्पनीकाे नाम परिवर्तन गरि “नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि” राख्ने निर्णय गरेकाे हाे।

कम्पनीले भविष्यमा नियमक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको छ। त्यसैले पुँजी वृद्धि र समान प्रकृतिका कम्पनी मर्जर गर्ने निर्णय समेत सम्पन्न सभाले गरेकाे हाे ।

साथै सोही सभाले आगामी चार वर्षका लागि देबेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम बिष्ट, अजय कुमार मिश्र र शिवराज (माधव) दवाडीलाई सञ्चालकमा निर्विराेध मनोनयन गरेको छ ।

सञ्चालकको मनोनयन पछि सभामा नै सञ्चालकहरुले एक मतले अध्यक्षमा देबेन्द्र प्रताप शाहलाई र रमेश कुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थिए ।

साधारण सभामा २९ जना शेयरधनी मध्ये २१ जनाको उपस्थिति रहेको थियाे । होटल एल्लो प्यागाेडामा भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए।