नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा विपद प्रभावितलाई खाद्यान्न सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा विपद प्रभावितलाई खाद्यान्न सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा बाढीपहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागि खाद्यान्न सामग्रीहरु सहयोग गरेको छ ।

संघले ३६० बोरा चामल, १०० बोरा चिउरा, ४० ब्याग मसुर दाल र २० कार्टुन तोरीको तेल सहयोग स्वरुप उपलव्ध गराएको संघले जनाएको छ ।

उक्त सहयोग सामग्रीहरु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधीमण्डलले मन्त्रालयमा हस्तान्तरण गरेका थिए ।

उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केही भएपनि राहत प्राप्त हुने विश्वास यस संघले लिएको जनाएको छ ।

प्रकाशित मिति: २१ असोज २०८१, सोमबार १३ : ०१ बजे