चितवनमा प्रभु बैंकले पहिलाे पटक सुरु गर्यो ‘एजुकेशन हब’


वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजता प्रदान गर्ने उद्देश्यले प्रभु बैंकले एजुकेसन हबको सुरुवात गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बीच बैंकले हबको शुभारम्भ गरेको हो ।

चितवन र सो जिल्ला वरपरका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु गरेको  प्रभु बैंकको चितवन क्लष्टर प्रमुख सांग्रिला श्रेष्ठले जानकारी दिइन् । शैक्षिक ऋणका लागि चितवनका विद्यार्थी तथा अभिभावकलाई काठमाडौं जाने बाध्यता समेत हटेको उनले बताइन् ।

एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको  जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिइन् । प्रभु बैंकको  नारायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरुको डकुमेन्टस पुरा भएका अधिकतम पाँच दिन भित्र लोन स्वीकृति हुने बताए । एजुकेशन लोन म्यानेजमेन्टका लागि बैंकले छुट्टै कर्मचारी समेत खटाएको छ ।

बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा सुरु गरेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै नविनतम प्रविधि फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।