सनफिस्ट डार्क फ्यान्टसीले ल्यायो रोमाञ्चक उत्सव अफरहरु


सूर्य नेपाल प्रालिद्वारा निर्मित सनफिस्ट डार्क फ्यान्टेसी लिमिटेड आगामी चाडपर्वको लागि विशेष अफरहरू घोषणा गरेको छ । दशैं र तिहारको चाडपर्वको उपलक्ष्यमा, सनफिस्ट डार्क फ्यान्टसीले आफ्नो उत्कृष्ट उत्पादन, सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा एक विशेष अफर ल्याएको हो ।

उत्पादनहरूको विविध पोर्टफोलियोको साथ सूर्य नेपालले डार्क फ्यान्टेसी चोको फिल्स जस्ता प्रिमियम र आकर्षक उत्पादनहरू प्रदान गरेर नेपाली उपभोक्ताहरूका लागि निरन्तर पृथक स्वादहरू ल्याउने बाचा पूरा गरेको छ ।

ग्राहकहरुले डार्क फ्यान्टसी चोको फिल्सको ७५ ग्राम प्याकमा ५ रुपैयाँ छुट र ३०० ग्राम प्याकमा ३० रुपैयाँ छुटका साथ चाडपर्वको अझ बढी आनन्द लिन सक्नेछन् । यो कुकी प्रेमीहरूका लागि डार्क फ्यान्टसी कुकीजको स्वादमा मन्त्रमुग्ध भएर यसको विशेष स्वादमा लिप्त हुने उत्तम अवसर हो, जुन आफ्नो रिचनेस, चकलेट सेन्टर, क्रीस्प र सुनौलो कुकी शेलको लागि परिचित छ ।

नेपालमा चाडपर्व भन्नु नै परिवार, साथीहरू एवं उत्सव हो र सनफिस्ट डार्क फ्यान्टसी यी नै मनमोहक क्षणहरूको लागि उत्तम साथी हो । यसको प्रिमियम स्वाद र स्वादिष्ट चकलेट फिलिंगको साथ, यसले सबै उमेरका लागि रमाइलो ट्रिट प्रदान गर्ने कम्पनीले जनाएको छ । यो विशेष अफर सीमित समयको लागि मात्र उपलब्ध हुने भएकोले ग्राहकहरुले यो चाडपर्वमा आफ्ना मनपर्ने कुकीहरू टन्नै खरिद गरी आफ्ना प्रियजनहरूसँग बाँडेर खाँदै रमाइलो गर्न सकिने छ ।