आरएसडिसी लघुवित्तको लाभांश घोषणा


आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।