माई खोला हाईड्रोपावरले तोक्यो साधारण सभा र बुक क्लोज मिति


माई खोला हाईड्रोपावरले मंसिर १४ गते शुक्रबार साधारण सभा आह्वान गरेको छ । कम्पनीको बिहीबार बस्ने बैठकले स्मार्ट दरबार, शंखपार्क काठमाडौंमा विहान ११ वजे सभा बोलाएको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०\ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु छलफल गरि पारित गर्ने छ ।

यस्तै, कम्पनीले आव २०८१\०८२ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।

यस्तै, कम्पनीले कात्तिक २९ गते विहिबार शेयर दर्ता पुस्तिकाबन्द रहने जनाएको छ । जसअनुसार २८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

प्रकाशित मिति: ९ कात्तिक २०८१, शुक्रबार  १३ : ०० बजे