सुनको भाउ दुई दिनमा १५ सय रुपैयाँ घटेको छ । आइतबार ५०० रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ निर्धारण गरिएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९६० रुपैयाँ रहेको चाँदी आज १ हजार ९५५ रुपैयाँमा कायम भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६७२.१८ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.२१ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया