काठमाडौँ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि कतार एयरवेजले दोहाबाट दैनिक उडान गर्ने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरलाइन्सले मङ्गलबारदेखि भैरहवामा दैनिक उडान भर्न लागेको हो। कतारले दैनिक दुई उडान काठमाडौँ र एउटा भैरहवाबाट गर्नेछ।
कतार एयरवेजको भैरहवामा ३० नोभेम्बरसम्म दैनिक एक उडानको तालिका निर्धारण गरिएको छ। विमानस्थलमर्मत सुरु हुनुअघि कतारले काठमाडौँमा दैनिक चार उडान भर्दै आएको थियो ।
दोहाबाट २ः४५ बजे आउने जहाज त्यसपछि काठमाडौं प्रस्थान गर्नेछ । भैरहवामा उडान गर्ने कतार अब पाँचौ कम्पनी बनेको छ । यसअघि नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा र थाई एयर एसियाले भैरहवाबाट उडान थालिसकेका छन् ।
प्रतिक्रिया