सुनको भाउ एकैदिन प्रतितोला २४ सय रुपैयाँले घटेको छ । आइतबार ५०० रुपैयाँले घटेको सुनको भाउ सोमबार प्रतितोला एक हजार रुपैयाँले घटेको सुनको भाउ मंगलबार २४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार निर्धारण गरिएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९२५ रुपैयाँमा कायम भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६१७.९६ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३०.५९ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया