वस्तु व्यापारमा धेरै कर तिरेका भाटभटेनी अध्यक्ष गुरूङ सम्मानित


वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९र८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए ।

आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । गुरूङ अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा अग्रपंक्तिमा थिए ।

प्रकाशित मिति: १ मंसिर २०८१, शनिबार  १७ : ४३ बजे