लक्ष्मी सनराइज बैङ्कको नवौं आमन्त्रण गल्फ प्रतियोगिता आत्मराम सिम्खडालाई


 लक्ष्मी सनराइज बैङ्कको नवौँ आमन्त्रण गल्फ प्रतियोगिताको बजिेता आत्माराम सिम्खडा बनेका छन । काठमाडौँको गोकर्ण रिसोर्टमा शनिबार सम्पन्न प्रतियोगितामा सिम्खडाले हात पारेका हुन । 

‘स्विङ फर सस्टेनेबिलिटी’ बिषयमा रही गरिएको उक्त प्रतियोगिताले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरु प्रतिको प्रतिबद्धतालाई जोड दिएको थियो । प्रतियोगिता पूर्व सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गरी १ टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपुर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनु पर्ने आकलन गरिएको थियो । तर, बैंकले कुल एक हजार वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । 

साथै हरेक सहभागीहरूलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप १–१ बिरुवा पनि प्रदान गरिएको बैंकले जनाएको छ । एक दिने सो कार्यक्रममा १०७ गोल्फरहरुको सहभागिता रहेको थियो । जसमा ८ महिला प्रतियोगीहरू थिए । सहभागीहरूले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबल फोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेता आत्माराम सिम्खडाले ४३ ले अंक प्रप्त गरेका थिए । त्यसैगरी उपविजेता आशिषलाल श्रेष्ठले ४२,    उत्कृष्ट ग्रस टासी छिरिङले ३८ अंक, वरिष्ठ श्रेणी विजेता तुलसी भट्टले ४०अंक ल्याएका थिए । त्यसैगरी    महिला विजेता तारा कार्की चित्रकारले ३५ अंक, महिला उपविजेता सुमित्रा खड्काले ३०अंक प्राप्त गरी विजेता भएका छन् । त्यसैगरी सबैभन्दा लामो ड्राइभमा नोर्बु छिरिङ शेर्पा र पिनको नजिकमा अनिल कुमार सिन्हा छनोट भएको बै.कले जनाएको छ । बिजेताहरूलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गरेका थिए । 

 

प्रकाशित मिति: २ मंसिर २०८१, आइतबार  १४ : ५९ बजे