नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण


सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबारको मन्त्री परिषदको बैठकले श्रेष्ठलाई बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । 

बोर्ड अध्यक्ष छनोट समितिले आइतबार सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । समितिले सिफारिस गरेका व्यक्‍तिमध्ये बाट सरकारले सन्तोष नारायणलाई नियुक्त गर्ने निर्णय गरेको हो । व्यवसायीका प्रशासनमा स्नातकोत्तर गरेका श्रेष्ठ वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष भइ काम गरिसकेका छन् । त्यसैगरी विद्युत प्रधिकरण सञ्चालक समितिमा समेत बसेर काम गरिसकेका श्रेष्ठ व्यवसायीका पनि हुन । 

तीन अर्थमन्त्रीले नियुक्त गर्न नसकेको धितोपत्र बोर्डको अध्यक्ष कसले गर्दैछ नियुक्त ?

व्यवसयीक घरानाको रस्साकस्सीका कारण विवादीत बनेको बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया श्रेष्ठकै कारण टुङ्गोमा पुगेको छ । प्रचण्ड सरकारले गत माघ ३ गतेको मन्त्री परिषदको बैठकले बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस समितिमा गठन गर्यो । समितिले प्रक्रिया अनुसार काम अघि बढायो । तर, नयाँ स्टक एक्सचेन्ज लाइसेन्सको विषयलाई लिएर विवादीत बनेको धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति प्रक्रिया प्रधानमन्त्री पुष्पकमल दाहाल नै मन्त्री परिषदको निर्णय बाट रद्द गरेका थिए । सरकारले प्रक्रिया नै रकम गरेपनि सन्तोष सर्वोच्चको गएका थिए । सर्वोच्च अदालतले बाटो टुङ्गोमा नपुगे पनि महान्यायाधिवक्ताको सुझाब अनुसार अघि बढेको नियुक्ति प्रक्रिया टुङ्गोमा पुगेको हो । 

सन्तोषको नियुक्ति सँगै पुँजी बजारमा अर्को स्टक एक्सचेन्ज पनि आउने सम्भावना छ । त्यसका साथै हालसम्म रोकिएका धितोपत्र बोर्डका नियमित काम पनि नियमित हुनेछन् । 

प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार  १९ : १५ बजे