सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेसँगै सेय बजारले पनि रंग फेरेको छ । बोर्ड अध्यक्षमा श्रेष्ठ नियुक्त भएसँगै धितोपत्र बजार परिसूचक पनि ३३ अंकले बढेको हो ।
सरकारले सोमबार श्रेष्ठलाई बोर्डको जिम्मेबारी दिने निर्णय गरेको हो । सोमबार नै सेयर बजार सूचक १५ अंकले बढेको थियो भने मंगलबार ३३ अंकले बढेको हो । त्यसका साथै व्त्तिीय क्षेत्रमा अधिक तरलता र घट्दो ब्याजदरमा पनि कर्जा लगानी बढ्न नसक्दा बैंकहरुले सेयर बजारमा लगानी बढाउने बाटो खोजन थालेका छन् । त्यसका लागि बैंकहरु आवश्यक नीतिगत व्यवस्थाका लागि पहल सुरु गरेको हुनाले पनि सेयर बजार सकारात्मक भएको हो ।
मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.४१ अङ्कले बढेर २७१६.६६ कायम भएको छ । मंगलबार नेप्से सूचक संगे कारोबार कममा पनि सुधार आएको छ । लामो समय पछि धितोपत्र बोर्डको नेर्तत्व आएको हुनाले पनि सेयर लगानीकर्ताको मनोबलमा सुधार आएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
मंगलबार ३ सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता सेयर ७५ हजार पाँच सय ७२ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार नैप्सेमा ६ अर्ब २९ करोड रुपौयँ बराबरको सेयर खरिद बिक्री भएको थियो ।
बैंकिङ १.२०, विकास बैंक ०.४९, वित्त समूह १.५१, होटल तथा पर्यटन ०.६४, जलविद्युत् १.९७ र लगानी समूह १.१३ प्रतिशतले बढेको छन । त्यस्तै, जीवन बीमा १.०२, उत्पादन तथा प्रशोधन १.०८, लघुवित्त ०.८५, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा ०.८१, व्यापार १.२९ र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।
मंगलबार सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाईटेड आईडिआई मर्दी हाईड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । खरिदबिक्री भएका सेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको छ लाख ८८ हजार दुई सय ३६ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया