महुली लघुवित्तको एफपीओ स्वीकृत


नेपाल धितोपत्र बोर्डले महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न स्वीकृती दिएको छ।

बोर्डले कम्पनीलाई ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ निष्काशन गर्ने स्वीकृती दिएको हो। कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलबार  १३ : २२ बजे