मुक्तिनाथ क्यापिटलको मुक्तिनाथ म्युचुअल फण्ड १ मा आजदेखि आवेदन दिन सकिने


काठमाडौँ । मुक्तिनाथ क्यापिटल लिमिटेडले मुक्तिनाथ म्युचुअल फण्ड १ निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १३ प्रतिशत वा १ करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंकलाई र २० लाख इकाई योजना व्यवस्थापक कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डको अवधि १० वर्ष अवधिको हुने छ ।

सो फण्डको इकाईका लागि आज मंसिर २० गतेदेखि मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा आवेदन नपरेमा भने आवेदन दिने अवधि पुस ४ गतेसम्म लम्बिने छ । उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: २० मंसिर २०८१, बिहीबार  ०७ : ५१ बजे