काठमाडौँ। छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल ४४ करोड ६५ लाख रुपैयाँ बराबरको १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।
प्रतिक्रिया