नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र सुन्धारामा रहेको सिभिल मलबिच एससिटी–युपिआई कार्डवाहकहरूका लागि निःशुल्क पार्किङ सेवा सुरु भएको छ।
यस सेवाअन्तर्गत एससिटी–युपिआई कार्डधारकहरूले आफ्नो एससिटी–युपिआई कार्ड देखाएर सिभिल मल, सुन्धाराको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा चार घण्टासम्म निःशुल्क पार्किङ सुविधा लिन सक्ने बताइएको छ। मंसिर १६ देखि सुरु भएको यो सेवा हाललाई ६ महिनासम्म लागू हुनेछ।
एससिटी–युपिआई डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले एससिटीको कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थामा गएर सजिलै कार्डका लागि अनुरोध गर्न सक्नेछन्।
प्रतिक्रिया