मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले चुक्ता पूँजीको १४.२८६ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत कर गरी कूल हाल कायम १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
मंसिर २० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ।
प्रतिक्रिया