सिद्धार्थ बैंकको लाभांश घोषणा


सिद्धार्थ बैंक लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण हुने छ।

 

 

प्रकाशित मिति: २३ मंसिर २०८१, आइतबार  १० : ४८ बजे