साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउदै इसेवा


 

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले साना तथा मझौला होटल व्यवसायलाई प्रोत्साहनसँगै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउन थालेको छ। इसेवाले सुरु गरेको इसेवा होटल्स मार्फत उक्त सेवा प्रदान हुने छ।

इसेवा होटल्स एउटा यस्तो डिजिटल सेवा हो जसको माध्यमबाट प्रयोगकर्ताहरूले सजिलै होटल बुक गर्न सक्छन्। नेपालको ५४ं जिल्लाहरूका प्रमुख शहरहरूमा अवस्थित साना, मझौला तथा ठूला होटलहरू एकै ठाँउबाट सजिलै बुक गर्न सकिने इसेवा होटल्स हालको समयमा होटल बुकिङका लागि लोकप्रिय बन्दै गएको छ।

सहरी क्षेत्रमा रहेका तारे होटलहरूदेखि लिएर ग्रामीण भेगमा अवस्थित होम स्टेसम्म बुक गर्न सकिने इसेवा होटल्समा करिव ३५०० भन्दा बढी होटलहरू रहेका छन् जुन प्रयोगकर्ताहरूले इसेवा एप वा इसेवा होटल्सको वेभसाइटबाट बिना झन्झट छिनभरमा बुक गर्न सक्छन्। ग्राहकहरूको सहजता र परिस्थितिलाई ध्यानमा राख्दै इसेवा होटल्समा बिना अग्रिम भुक्तानी कुनै पनि शहरमा अवस्थित जुनसुकै होटल बुक गर्न सकिने र आवश्यकता अनुसार बुकिंग रद्द गर्न सकिने समेत व्यवस्था रहेको छ।

ग्रामीण क्षेत्रमा अवस्थित होमस्टेहरूलाई पनि समावेशीकरण गर्न तथा आर्थिक रुपमा सशक्त बनाउन इसेवा होटल्सले युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेससँग विभिन्न सहकार्य गर्दै आइरहेको छ। यस सहकार्यले साना तथा मझौला होटल वा होमस्टेहरूलाई प्राविधिक सहयोगका साथै व्यावसाय संचालनमा पनि थप उत्साह प्रदान गरेको छ।

युएसआईडी ट्रेड एण्ड कम्पेटेटिभनेस् को सहयोगमा इसेवा होटल्सले ग्रामिण भेगमा रहेका होटल तथा होमस्टेहरू मार्फत दिगो पर्यटनको विकाश हुनका साथै समग्रमा पर्यटन व्यवसायलाई नै बढुवा दिदै आइरहेको छ र आगमि दिनहरूमा पनि यस परियोजनाले पर्यटन, आर्थिक समावेशीकरण र साना तथा मझौला व्यावसायलाई थप प्रोत्साहन गर्नेछ ।

इसेवा होटल्सको माध्यमबाट इसेवाले प्रयोगकर्ताहरूको सहजता र पर्यटकीय विकाशको साथसाथै साना तथा मझौला होटल व्यावसायीको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउदै आइरेको छ। साना तथा मझौला होटल व्यावसायीको हकमा इसेवा होटल्ससँगको साझेदारी देशको बद्लिदो डिजिटल रुपान्तरणमा समावेश भएको महसुस र व्यावसायिक वृद्धिको एउटा बलियो आधार बनेको छ।

 

प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार  ११ : ५६ बजे