सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा


सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल विद्युत प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने छ। कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार  १२ : ३० बजे