१४८ कम्पनीको मूल्य घट्दा कारोबार रकम ४ अर्ब ४१ करोडमा खुम्चियो


नेप्से परिसूचक नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से मंगलबार ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार ५ अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएकोमा आज ४ अर्ब ४१ करोडको मात्रै कारोबार भएको छ ।

आज ८५ कम्पनीको मूल्य बढ्दा १४८ को घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ । आज व्यापार ०.३०, माइक्रोफाइनान्स ०.१३, उत्पादन ०.३३ र होटल समूह ०.२८ प्रतिशत बढे । बैंकिङ ०.१५, विकास बैंक ०.५२, फाइनान्स ०.७१, हाइड्रोपावर ०.३३, लगानी ०.७९, जीवन बीमा १, निर्जीवन बीमा ०.१९ प्रतिशत घटेका छन् ।
आज जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ ।

आज कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ९.९० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यसैगरी, यस दिन सानिमा माइ हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ।
आज होटल तथा पर्यटन, उत्पादन तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत घटेको छ। अन्य उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।

प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलबार  १५ : १९ बजे