मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।
यस अघि १४।२८६ प्रतिशत बोनस शेयर र ०।७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको लघुवित्तले अब १४।२५ प्रतिशत बोनस शेयर र ०।७५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। ल ल
मंसिर २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त लाभांश वितरण हुनेछ।
प्रतिक्रिया