भिजन लुम्बिनीका सेयरधनीहरुको हात खाली


भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका सेयरधनीहरुको हात खाली हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभामा पेश गरिनेछ।

प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार  १२ : ०० बजे