इसेवा महाउत्सव उपहार योजना : रवि बम्जनले जिते नामी कार


काठमाडौं । इसेवाले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको इसेवा महाउत्सव बम्पर उपहार योजनाको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत मकवानपुरका रवि बम्जन विजेता घोषित भएका छन् । विजेता बन्दै उनले नामीको इलेक्ट्रिक कार जितेका छन् ।

ललितपुरको पुल्चोकस्थित एलिस कन्फरेन्समा सोमबार औपचारिक कार्यक्रम आयोजना गरी बम्पर उपहार विजेता घोषणा गरिएको हो । फेसबुक लाइभ मार्फत विजेता घोषणा गरिएको कार्यक्रममा इसेवाका ब्रान्ड प्रवर्द्धक नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, हास्यकलाकार सुमन कार्की लगायतको उपस्थिति रहेको थियो ।

यो योजना १ असोजदेखि ३० कात्तिक २०८१ सम्म सञ्चालन भएको थियो । यस महाउत्सवमा दैनिक फ्ल्यास सेल, रिल प्रतियोगितादेखि ६५ इन्चको टीभी, आइफोन १६, आइफोन १६ प्रो जस्ता मेगा उपहारका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश गरिएको थियो ।

प्रकाशित मिति: २ पुस २०८१, मंगलबार  १३ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।