मंगलबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो दुई कारोबार दिन घटेर बन्द भएको नेप्से आज सामान्य अंक बढेर बन्द भएको हो।
मंगलबार नेप्से परिसूचक २.९५ अंक बढेर २६३३.८७ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको छ। आज १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१८ स्टकको ५३ हजार ९५७ पटकको कारोबारमा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ८९ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ११७ कम्पनीको सेयरमूल्य बढ्दा ११७ कम्पनीको सेयरमूल्य घटेको छ । दश कम्पनीको सेयरमूल्य स्थिर छ । आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन २५० रुपैयाँ बढेर २ हजार ७५० रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, आज जानकी फाइनान्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ ।
यता, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३३० रुपैयाँ घटेर २ हजार ९७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। जानकी फाइनान्स २२ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, आज नेपाल फाइनान्सको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने रिभर फल्स पावरको करिब साढे १२ करोडको शेयर किनबेच भएको छ।
प्रतिक्रिया