काठमाडौं । आइएमई पेले आइल्स टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आइल्स टेस्टको शुल्क भुक्तानीमा १ हजार छुट सुविधा सार्वजनिक गरेको थियो । सो सुविधालाई अझ परिस्कृत गर्दै सेवाग्राहीमाझ प्रवर्द्धन गर्न २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।
सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पुस ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् । पहिले सार्वजनिक भएको अफरअनुसार १ हजार रुपैयाँ छुट सुविधा निरन्तर चलिरहनेछ । यो नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एपमार्फत आफ्नो आइल्स परिक्षा शुल्क सहजै तिर्न सक्ने आइएमई पेले जनाएको छ ।
प्रयोगकर्ताहरुले आइल्सको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइल्स, यूके ४को एकेडेमिक टेस्ट र जनरल ट्रेनिङ टेस्ट, लाइफ स्किल ए १रए२, बी१ को निम्ति भुक्तानी गर्न सक्नेछन् ।
आइएमई पे एपबाट आइल्स टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा ‘आइल्स टेस्ट बुकिङ’मा गई सोधिएको विवरण भरेर गर्न सक्नेछन् ।
प्रतिक्रिया