साताको अन्तिम दिन उच्च अंकले घट्यो सेयर बजार, कारोबार रकममा भने सुधार


काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक करिब साढे २ महिनापछि २६०० विन्दुभन्दा तल झरेको हो।

अघिल्लो बिहीबारदेखि निरन्तर घटिरहेको सेयर बजार यो साताको मंगलबार सामान्य बढे पनि अन्य सबै दिनमा गिरावाट आएको हो । बुधबार ५.६० अंकले घटेको सेयर बजार बिहीबार ३१.४३ अंकले घटेर २५ सय ९६ दशमलव ८२ बिन्दुमा आइपुगेको हो । बिहीबार कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ । आज नेप्से बढेर ४ अर्ब ७६ करोड पुगेको छ ।

यो साता समग्रमा सेयर परिसूचक ८६ अंकले घटेको छ, यो ३ दशमलव २ प्रतिशतको गिरावट हो । बिहीबार कारोबारमा आएका सबै परिसूचकहरू घटेका छन् । यस दिन सेन्सेटिभ इण्डेक्स ४.३५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक घटेको छ।

कारोबारमा आएका कम्पनीहरूमध्ये सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेर ३३२७ अंक पुगेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ९।२१ प्रतिशत घटेको छ।

यस्तै, सबैभन्दा धेरै घटेको नारायणी विकास बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेर १३०१ मा आइपुगेको छ । बिहिबार सबैभन्दा धेरै कारोबार जानकी फाइनान्सको १७ करोड ६० लाख रुपैयाँको भएको छ ।

प्रकाशित मिति: ४ पुस २०८१, बिहीबार  १५ : २८ बजे