नागरिक लगानी कोषले १३ प्रतिशतका दरले लाभांश दिने


काठमाडौँ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशतका दरले लाभांश दिने घोषणा गरेको छ ।

कोषले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कूल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कोषको पुस ७ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण हुने छ ।

प्रकाशित मिति: ७ पुस २०८१, आइतबार  ११ : ५४ बजे