काठमाडौँ । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका सेयरधनीको हात खाली हुने भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश नदिने भएको हो ।
लघुवित्तको ६ गते बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया