नेपालमा सोकोन र फोटोन गाडीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धी कमर्शियल प्रा। लि। ले भक्तपुरमा पहिलो शोरुमको उदघाटन गरेको छ । यो शुभारम्भले एमएडब्लू वृद्धिको विस्तार र ग्राहक उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई अझै बलियो बनाएको विज्ञप्तिमा उल्लेख छ ।
एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवाल, एसिया प्यासिफिक आरएचडी क्षेत्र सेरेस ग्रुप कमर्शियल भेहिकल डिभिजनका कन्ट्री म्यानेजर सुन जियाक्सिन, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्ता लगायत अन्य विशिष्ट अतिथि, मिडिया र सरोकारवालाहरूको उपस्थितिमा उक्त शोरुमको औपचारिक उदघाटन गरिएको थियो ।
भक्तपुरको गट्ठाघरमा अवस्थित शोरुमले आगन्तुकहरूलाई सोकोनका नवीनतम ईभी मोडलहरू प्रदर्शन गर्दै इमर्सिभ अनुभव प्रदान गर्दछ । ग्राहकको आराम र सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको यो सुविधासम्पन्न शोरुममा व्यक्तिगत परामर्श, उत्पादन प्रदर्शन र परीक्षण ड्राइभहरू प्रदान गर्न विशिष्ट प्रशिक्षण प्राप्त कर्मचारीहरूको समर्पित टोली तयार रहने छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा उद्घाटनका दौरान एघारवटा सोकोन गाडीहरू उनीहरुकै नयाँ मालिकहरूलाई वितरण गरिएको थियो ।
भक्तपुर शोरुमको उद्घाटनले नेपालमा एमएडब्लु वृद्धिको उपस्थितिलाई बलियो बनाउँदै पहुँचयोग्य र नवीन अटोमोटिभ समाधानहरू उपलब्ध गराउने कम्पनीको समर्पणलाई पनि सुदृढ बनाएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया