काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आज अधिकांश कम्पनीको सेयर मूल्य घटे पनि नेप्से परिसूचक भने ४।१९ अंक बढेर २ हजार ६३० अंकमा पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ३२ करोडको भएको छ । आज ३१० स्टकको ६१ हजार ८३९ पटक कारोबार भएको छ । आज १६३ कम्पनीकोमूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रहेको छ ।
आज व्यापार २.३१, माइक्रोफाइनान्स ०.१४ तथा लगानी समूह ०.२७ प्रतिशत बढेका छन् । विकास बैंक २.४८, फाइनान्स २.७०, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर १.२८, जीवन बीमा ०।३०, उत्पादन ०.०८, निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशत घटेका छन् ।
कारोबार रकमका आधारमा प्रभु बैंक, जानाकी फाइनान्स, सपोर्ट माइक्रोफाइनान्स, कुमारी बैंक र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहेका छन्।
आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस्तै आज ४ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र जोशी हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
प्रतिक्रिया