नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३.०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशतले घटेर २५७६.५० बिन्दुमा कायम भएको हो ।
नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको व्यवस्थापन लिएपछि सेयर लगानीकर्ताको मनोबल कमजोर भएको हो । अन्य विकास बैंक र फाइनान्स कम्पनीमा पनि समस्या हुन सक्ने भन्दै सेयर लगानीकर्ताले ति क्षेत्रका कम्पनीको सेयर बिक्री चप बढाउन मूल्य उच्च दरमा घटेको हो ।
मंगलबार ३०८ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता सेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
वित्त कम्पनीको सेयर मूल्यमा आज उच्च अङ्कको गिरावट आएको छ । वित्त समूह ५.१९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह २.७७ प्रतिशत र व्यापार समूह २.९७ प्रतिशतले घटेको छ । बैंकिङ ०.९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर १.७३, लगानी ०.०८, जीवन बीमा ०.६५, उत्पादन तथा प्रशोधन १.५१, लघुवित्त १.४१, म्युचुअल फन्ड ०.३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ०.०६ प्रतिशतले बढेको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ४.०१ प्रतिशतले बढेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता सेयर किनबेच भएको छ ।
प्रतिक्रिया