नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक बिहीबार ४.६३ अंकले बढेको छ । नेप्सेमा कारोबार हुने यो साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ४.६३ अंक बढेर २५८६.२३ विन्दुमा पुगेको हो ।
बिहीबार सेन्सेटिभ इण्डेक्स ०.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१५ अंक बढेको नेपस्ेले जनाएको छ । नेप्सेसँगै बिहीबार कारोबार रकम पनि बढेको छ । बिहीबार नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये ८ वटा समुहगतसूचक बढेको छ भने बाँक्ी घटेका छन् । बिहीबार विकास बैंक समूहको परिसूचक सर्वाधिक २.४० प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.८७ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक २.०३ प्रतिशत र अन्य उपसमूहको १.८४ प्रतिशतले घटेको छ ।
बुधबार साढे ३ अर्बको सेयर बिनबेच भएको नेपस्ेमा बिहीबार ३१५ कम्पनीकोे ५० हजार ४४७ पटकको कारोबारमा ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ८६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । बिहीबार न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । कम्पनीको सेयरमूल्य ४५ रुपैयाँ बढेर ४९५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, ामुदायिक लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सिन्धु विकास बैंक र सुपर मादी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको नेप्सेले जनाएको छ । कारोबारमा आएको सपोर्ट लघुवित्तको सेयरमूल्य बिहीबार ५.०२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा बिहीबार प्रभु महालक्ष्मी इन्स्योरेन्सको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको ४६ करोड १७ लाख रुपैयाँ ४२ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । बिहीबार न्यादी हाइड्रोपावरको करिब २१ करोडको सेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरीको करिब १२ करोडको सेयर किनबेच भएको छ ।
प्रतिक्रिया