काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औं वर्षमा १८ गुणा , परिवारमा खुशी लाखौं गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ ।
चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बेस्डर जितु नेपाल र कम्पनीका संस्थापकर प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विद्दुतीय प्रणालीद्वारा बिजेता छनौट गर्दा कोरियाबाट रेमिट्यान्स पठाउने निराजन ढकालले आफूले पठाएको रकम ४१ हजार ९०९ को १८ गुणा गरेर ७ लाख ५४ हजार ३६२ जित्न सफल भएका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखि मंसिर ३० गतेसम्म चल्ने गरी दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’ उपहार योजना घोषणा गरेको थियो ।
सोही योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक महिना २ जनालाई सामसङको स्मार्ट फोन, हरेक हप्ता २ जनालाई सामसङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५०० को सिटी पे वालेट टप अप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।
जसअन्तर्गत १६२० जनाले दैनिक उपहार , २४ जनाले साप्ताहिक उपहार र ६ जनाले मासिक उपहार जित्न सफल भइसकेका छन् ।
सिटी एक्सप्रेस मनि ट्रान्सफर १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै, सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा समेत सञ्चालन गरेको छ । साथै, सिटी पेबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।
प्रतिक्रिया