नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से ६.१६ अङ्कले बढेर २६४६.८४ बिन्दुमा कायम भएको हो ।
मंगलबार तीन सय पाँच कम्पनीको एक करोड २० लाख ८१ हजार छ सय छ कित्ता सेयर ६६ हजार ६ सय २६ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ३८ करोड ४६ लाख ७२ हजार दुई सय ९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा बैंकिङ समूह ०.२७, होटल तथा पर्यटन ०.०४, उत्पादन तथा प्रशोधन ०.२५ र अन्य समूह ०.१८ प्रतिशतले घटेको छ । लगानी समूहको उपसूचक स्थिर देखिँदा अरु समूहका उपसूचक भने बढेका छन् । सबैभन्दा धेरै वित्त समूह २.६५ प्रतिशतले बढेको छ । विकास बैंक ०.८०, जलविद्युत् ०.४२, जीवन बीमा ०.६७, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.३५, निर्जीवन बीमा ०.४२ र व्यापार समूह ०.५९ प्रतिशतले बढेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड र ङादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति: २३ पुस २०८१, मंगलबार  १६ : ३८ बजे